भुपेन्द्र वली / दाङ
गत आईतबार राति घोराही २ का शिव कुमार आचार्यकी आमाको पेट राति एक्कासी दुःखन थाल्यो । उनले हतार हतार रातिको १२ बजे आमालाई घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालमा पुर्याए । अस्पतालमा स्वाभाविकै रुपमा रोगको उपचारका लागी विभीन्न चेकअप गरिनु आवश्यक थियो । तर उनले आमाको ईसिजी(मुटुको बिमारी जाँच्ने यन्त्र) गर्न पाएनन । ईसिजी गर्नलाई यन्त्रको अभाव भने हैन । अस्पतालको कर्मचारिले ईसिजी भित्र समयमै पेपर नराखिएका कारण उनको उपचार हुन सकेन । ‘ ईसिजी पेपर अस्पतालको गोदाममा प्रशस्त मात्रामा थियो ’ आचार्यले भने ‘ तर समयमा त्यो पेपर मेसिनमा नराख्दा चेकजाँज हुन सकेन । आमा बचाउन सामान्य प्रयास समेत गर्न पाईन ।’
ईमरजेन्सी वार्डमा गरिएको यस्तो हेलचेक्रयाँई हदै सम्मको कमजोरी भएको आचार्यले बताए । अस्पतालमा हाल २ वटा ईसिजी मेसीन छन । तर ति मध्ये एउटामा समयमै पेपर नराख्दा आईतबार रातिको उक्त घटना भयो भने त्यसको केही दिन अघि भित्रयाइएको नयाँ ईसिजी मेशिन प्राविधीक ज्ञानको कमीले सञ्चालनमा आउन सकेको छैन् ।
पटकपटक दाहोरिन्छ समस्या
राप्ति उपक्षेत्रिय अस्तपतालमा साधन हुँदा हुँदै पनि बिरामीले उपचार नपाउने समस्या विगत देखि नै दोहोरिदै आएको छ । सामान्य एक्सरे गर्न पनि बिरामीले बाहिरका निजी मेडिकल कलेज चहार्नुपरेर कष्ट भोगिरहेका छन् । यस्ता घटना हुँदा सचिन्छौ भनेर प्रतिबद्धता जनाउने तर फेरि उहि समस्या दोहोरिने प्रक्रिया विगत देखि नै चल्दै आएको छ सरोकारवाला बताउछन । ‘हामीले पटक पटक अस्पताललाई यस विषयमा सतर्क रहन सचेत गराउदै आएका छौं । दाङ उद्योग वाणीज्य संघका उपाध्यक्ष नारायण भुसालले भने ‘ तर जति गर्दा पनि समस्या दोहोरिरहेको छ । ’
नाम अनुसारको छैन उपचार
राप्तिको केन्द्रबिन्दुका रुपमा रहेको अस्पतालमा छिमेकी जिल्ल्ला सल्यान , रुकुम ,रोल्पा प्युठान लगायतका स्थानबाट बिरामीहरु उपचारका लागी आउने गर्छन । तर अस्पतालले नाम र जिम्मेवारी अनुसारको उपचार दिन नसकेको मानिसहरुको गुनासो छ । २०१६ सालमा महेन्द्र अस्पतालका रुपमा स्थापना भएको उक्त अस्पतालको स्तरवृद्धि गरेर २०६४ सालमा उपेक्षेत्रिय अस्पताल नामाकरण गरिएको थियो । यद्यपी अस्पतालमा आफैले बिरामीहरmको उपचार गर्नुभन्दा रिफर सेन्टरका रुपमा काम गरिरहेको छ ।
सामान्य दुर्घटना , बिरामीका लागी पनि नेपालगञ्ज र भारतको लखनउ धाउनुपर्ने बिरामीहरmको बाध्यता छ । यस्तै अस्पतालका कार्यरत डक्टरहरु महिनौ विदामा बस्दा बिरामीले समयमा उपचार पाउन सकेको छैनन् । ‘ सरसर्ती हेर्दा अस्पतालको स्तरवृद्धि भएको छ । त्यसले उपचार पनि नाम अनुसार नै दिईरहेको होला भन्ने भ्रम छ । ’ मानवअधिकारकर्मी विकिरण गौतमले भने ‘ तर सामान्य मानिसले सहजै उपचार पाउने सम्भावना अस्पतालमा छैन । ’
सुधार्ने प्रयास गर्दे छौं : अस्पताल
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जनादर्श शर्माले सरोकालवालाको गुनासो आए अनुसार आफुले अस्पतालको सेवा सुविधा सुधारको प्रयासमा रहेको बताए । आईतबार राति इसिजीका २ वटा मेशिन मध्ये एउटा बिग्रीएको र अर्कोको लागी आवश्यक पेपर समयमा ल्याउन नसक्दा कमजोरी भएको उनले स्विकारे । ‘ विगत देखि यि समस्या दाहोरिदै आएको पक्कै छन । उनले भने ‘ यद्यपी म नियुक्त भएर आएदेखि नै यि समस्या हटाउन प्रयास गरिरहेको छु ।’ अस्पतालमा जनशक्ति , साधनको अभावले पनि यि समस्या दाहोरिने गरेको उनले दाबि गरे।