educationकाठमाडौँ , ९ भदौ ।  सरकारले सामुदायीक  एक हजार सामुदायीक बिद्यालयलाई नमुना बनाउने योजना तयार पारेको छ ।

सात वर्षभित्रमा एक हजार सामुदायिक विद्यालयलाई ‘नमुना विद्यालय’ बनाउने योजना तयार पारेको शिक्षा मन्त्रालयका उपसचिब डा. मुकुन्दमणि खनालले जानकारी दिनुभयो ।

उनका अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रममार्फत एक हजार नमुना विद्यालय बनाउनेछ । मन्त्रालयले १ कक्षादेखि १२ कक्षासम्म सामुदायिक उच्च माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने कार्य थालेको हो ।

नमुना विद्यालयमा अन्य विद्यालयको तुलनामा पढाइ गुणस्तरीय हुने उपसचिव डा खनालको दाबी छ ।

 उहाँका अनुसार यस्ता विद्यालयमा प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, पर्याप्त खेलमैदान हुनेछ । यसमा कक्षा ९ देखि १२ सम्मका विषयगत शिक्षक रहनेछन् । यसैगरी, विद्यालयमा आवासीय रुपमा पढ्न छात्रावासको समेत व्यवस्था हुने उपसचिव डा खनालले जानकारी दिनुभयो ।