दाङ, ९ भदौ । 
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।kkkkkkkkkkkkk कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । आजको दिन देशभरका कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गरिन्छ । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ । श्रीकृष्ण जन्माष्टमको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यसैवीच, कृष्ण जन्मास्टमीको अवसरमा आज रुकुमेली एकता समाजले घोराहीमा वृहत् सांस्कृतिक कार्यक्रम गर्दैछ । केन्द्रीय र स्थानीय कलाकारहरुको सहभागिता रहने कार्यक्रम घोराहीको बालमन्दिरमा भोली दिउँसो १२ बजेदेखि आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरु लोकदोहोरी गायिकाहरु भूमिका गिरी, सुशीला गौतम, चर्चित नृत्यांगना रिनाथापा मगर, सरिता रावत, गायकहरु प्रदीप रोका, प्रेमविवश घर्तीलगायतका कलाकारहरुको प्रस्तुती रहेको समाजका अध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।।