इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ ।
अखिल क्रान्तिकारी दाङको समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियान अहिले जिल्लाको पश्चिम क्षेत्रमा सन्चालित छ । अभियान अन्तर्गत विभिन्न स्कुल तथा कलेजमा कमिटी गठन गर्दै आएका विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले आज जनकल्याण मावि पुरन्धारामा कमिटी गटन गरेको छ ।11
विद्यालयमा ४ वटा कक्षामा ईकाइ कमिटी गठन गरिएको छ भने अर्को ७५ सदस्यीय मुल कमिटी गठन गरिएको अभियान टोलीका प्रवक्ता तथा सो संगठनका दाङ जिल्ला सदस्य प्रकाश वलीले जानकारी दिनुभएको छ ।12
मुल कमिटीको अध्यक्षमा रोशन वुढा, उपाध्यक्षमा रुपकली वली, सुशान्त विक, सचिवमा कमला वुढा, सहसचिवमा जानकी सुनार, कृष्णा सुनार, खुमवहादुर वुढा, मनिषा वुढा र कोषाध्यक्षमा सुना पुन रहनुभएको छ ।

३ महिनासम्म चल्ने अभियान अन्तर्गत पश्चिम दाङका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाइ समान शिक्षा, अभियानका वारेमा प्रशिक्षण दिइदै आएको सो संगठनले जनाएको छ । अभियानमा संयोजकको जिम्मेवारी जिल्ला सचिव मदन केसीले लिनुभएको छ भने सहजीकरण जिल्ला सचिवालय सदस्य हेमन्तप्रकाश वलीले गर्दै आउनुभएको छ ।।