दाङ, ८ भदौ ।
दाङमा प्रहरीले बुवाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । यहि भदौ १ गते दाङ हाँसीपुर गाविस २ बस्ने २७ वर्षका   मोहम्मद हसन मियाले बुवा ५५ वर्षका अमिन मियाको हत्या गरेका थिए ।  पारिवारिक विवादको कारण मियाँले वुवालाई काठको चिरपटले प्रहार गर्दा घटनास्थलमा नै मृत्यू भएको प्रहरीले वताएको छ ।jiprakघटनापश्चात फरार रहेको अभियुक्त मियालाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले रोल्पाको मिझीङ १ रुईनिवाङवाट नियन्त्रणमा लिएको हो । त्यहाँ लुकिछिपि बसेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सहकार्यमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहंले जानकारी दिनुभययो ।

प्रहरी हिरासतमा रहेका अभियुक्त मियाँले पारीवारिक विवाद हुँदा बुवाले आफुलाई हिर्काएको र त्यसपछि आफुले पनि दाउराले हिर्काउदा बुबाको घटनास्थमा नै मृत्यु भएको वयान दिएका छन । साथै अभियुक्तले अपराध स्वीकार गरेको र थप अनुसन्धान भईरहेको एसपी सिंहले वताउनुभयो ।।