दाङ, ८ भदौ । 
जिल्ला प्रहरी कार्यालय दाङले केही दिन पहिले नियन्त्रणमा लिएको अवैध सवारी साधन आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाएको छ । गत साउन ३० गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरीको टोलीले घोराही नगरपालीका ११ वाट रा १ ज ३२० नं. को जिपलाई शंकास्पद लागेपछि नियन्त्रणमा लिएको थियो ।ra 1 ja 320

संकापस्पद उक्त जीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चेसीस र बोडि हुलास कम्पनीको मुस्ताङ गाडिको भएको र गाडिमा जडान गरिएको ईन्जिन महिन्द्रा कम्पनीको रहेको खुल्न आएकोले आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान मध्य तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर बाँकेमा पठाईएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

उक्त गाडीको विषयमा यातायात व्यबस्था कार्यालय राप्तीमा बुझ्दा उक्त कार्यालयको अभिलेखमा रहेको रेकर्डमा समेत अभिलेख फरक पर्न गएको हुँदा कारवाहीका लागी आज राजश्व कार्यालय कोहलपुर पठाइएको एसपी सिहंले वताउुभयो ।।