पाँचथर, ८ भदौ ।
तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु भएको छ ।
खानासँग तामाको अचार खाँदा पाँचथर नागी ३ निवासी दुर्गा राईका ८ वर्षीया छोरी सरिता राई र ७ वर्षीया सन्तोष राईको मृत्यु भएको हो ।
अचार खाए लगत्तै टाउको दुख्ने र वान्ता हुने समस्या देखिए लगत्तै सन्तोषको ज्यान गएको थियो भने सरितालाई उपचारका लागि स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।।