nepal women unionकाठमाडौँ, ८ भदौ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन बाँकी भ्रातृ संस्थाको महाधिवेशन शीघ्र गर्न निर्देशन दिएपछि महिला सङ्घले तयारी थालेको हो ।

महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको केन्द्रीय सदस्य तथा मिडिया संयोजक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले निर्देशन समितिसमेत गठन गरिसकेको छ ।