सुनसरी, ८ भदौ ।
सुनसरीको अमडुवा गाविस–९ मा रहेको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएको हो ।
गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला स्थानीय ११ वर्षीया करुणा उराँव, १३ वर्षीया दिपीका उराँव र सोही ठाउँकी १० वर्षीया नन्दनी उराँवको डुबेर मृत्यु भएको स्थानीय शतेन्द्र मेहताले जानकारी दिनुभयो ।
तीनै बालिका स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।।
