

भदौ ७ काडमडौ । इराकको किरकुक शहरबाट प्रहरीले आत्मघाती आक्रमणको तयारीमा रहेको बालकालाई पक्राउ गरेका छन् ।
शरीरमा झण्डै दुई किलो विस्फोटक पदार्थ लिएर आत्मघाती आक्रमणको तयारी गरेको बालकलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रहरीले १५ वर्षका ति बालकको शरीरमा बाँधिएको विस्फोटक पदार्थले भरिएको बेल्ट निश्क्रिय पारेको छ । सन् २००१ मा जन्मिएका ति बालकले शिया समुदायको एक धार्मिक स्थलमा आफैलाई विस्फोट गराउने तयारी गरेको किरकुक प्रहरीका प्रमुख ब्रिगेडियर जनरल खत्ताब उमर आरिफले बताउनुभयो ।
गएको आइतबार टर्कीमा १४ वर्षका बालकले गराएको आत्मघाती आक्रमणमा टर्कीमा ५१ जनाको ज्यान गएको थियो । मारिनेमा आधा भन्दा धेरै बालबालिका नै थिए । यसरी हेर्दा बालबालिकाको हत्यामा बालबालिकाकै प्रयोग हुने क्रम बढेको छ ।
