faceभदौ ७ काठमडौ । सामाजिक सञ्जालको रुपमा फेसबुको प्रयोग नर्गने धेरै किशोर किशोरी तथा युवा छन् । उनीहरुले फेसबुकको सट्टा स्न्यापच्याट, विच्याच तथा लाइन प्रयोग गर्छन् । फेसबुलले यस्ता किशोर किशोरी तथा युवालाई लक्षित गरेर एक नयाँ सञ्जाल ल्याउँदै छ ।

फेसबुकलेनै लञ्च गरेको यो नेटवर्कमा २१ वर्ष भन्दा माथिका मानिस यसमा सक्रिय नपाउने टेकक्रन्चले जनाएको छ ।लाइफस्टेज नामको यो एप्लिकेशन गएको हप्ता सार्वजनिक गरिएको हो, अब फेसबुक यसलाई युवाबिच र्पुयाउन सक्रिय रुपमा लागेको छ । फेसबुकले यसलाई हाइस्कुल तथा कलेजका छात्रछात्रका लागि नेटवर्कको रुपमा तयार गरेको छ ।

जो व्यक्ति २२ वर्ष वा त्यो भन्दामाथिका छन्, उनीहरुले आफ्नो प्रोफाइल मात्रै हेर्न पाउने छन् तर सामाजिक सञ्जालको रुपमा सहभागी हुन पाउँदैनन् । लाइफस्टेजमा लग इन गर्न फेसबुक एकाउन्ट चाहिँदैन तर आफ्नो बारेमा पूर्ण जानकारी दिनु पर्छ । एक पटक कुनै स्कुलका २० व्यक्ति लाइफस्टेजमा देखिए सबै एक अर्कासँग कुरा गर्न सक्छन् ।

फेसबुक पनि सन् २००४ मा यस्तै गरी सर्वाजनिक गरिएको थियो र बिस्तारै युवाले मनपराउँदै गए । लाइफस्टेज बनाउने १९ वर्षका माइकल सेम्यान हुन् । सन् २००४ मा फेसबुक सर्वाजनिक हुँदा उनी दुई कक्षामा पढ्दै थिए । उनको बारेमा यहाँ पढ्न सकिन्छ ।  उनी गएको दुई वर्षदेखि फेसबुकमा काम गर्दै आएका छन् । लाइफस्टेज गएको हप्ता अमेरिकामा एक एप्लिकेशनको रुपमा लञ्च गरिएको हो । यसलाई बिस्तारै अरु देशमा र्पुयाउने फेसबुकले जनाएको छ ।