काठमाडौँ, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको विधान संशोधन नहुँदा तेस्रो अधिवेशन प्रभावित भएको छ ।
मुलुकको नयाँ संविधानअनुसार सङ्घीयस्वरुपमा अधिवेशन गर्नका लागि सङ्गठनले विधान संशोधन गर्नुपर्नेमा प्राविधिक कारणले विधान संशोधन गर्न सकेको छैन ।
राप्रपा र राप्रपा नेपालको एकीकरणको प्रयास जारी रहँदा सङ्घीयतालगायत विवादित विषय महाधिवेसनबाट टुङ्गो लगाउने भनिएकाले विधान संशोधनको प्रक्रिया रोकिएको थियो ।
मुल पार्टीले नै सङ्घीयता मान्ने वा नमान्ने विषयको निर्णय अन्योलमा परेकाले सङ्गठनको विधान संशोधनमा ढिलाई भएकाले अधिवेशन समेत प्रभावित भएको सङ्गठनका अध्यक्ष दीपक राईले जानकारी दिनुभयो ।











