दाङ, ७ भदौ । 
दाङको तुलसीपुरमा सफा तुलसीपुर, हरियो तुलसीपुर अभियान आजवाट सुरु भएको छ । अभियानको सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले उद्घाटन गर्नुभएको छ । महिनौं सम्म सञ्चालन हुने भनिएको अभियान तुलसीपुरको अरनीको मैदानवाट सुरु गरिएको छ ।clean

पूर्व मुख्य सचिव एवं बागमती सरसफाई अभियानका अभियान्ता पौडेले नगरवासीलाई सामुहिक रुपमा सपथ खुवाएर अभियानको सुरुवात गर्नुभएको छ । अभियानमा सयौं नगरवासी सहभागी र विभिन्न निकायका प्रमुखहरुले सहभागिता जनाएका छन ।

अभियानको उद्घाटन सत्रमा वोल्ने सहभागीहरुले सरसफाई अभियान निरन्तररुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका महासचिव नेत्र वलीले गर्नुभएको थियो ।।