रुकुम, ७ भदौ ।
रुकुमको छेपारेदेखि आठबिसडाँडागाउँ गाविसको सिमबजारसम्मको सडकमा यातायात सन्चालन गर्न नपाइने भएपनि यातायात व्यवासायीहरुले क्षमता भन्दा वढि यात्रुहरु वोक्दै आएका छन । गाडी सन्चालनका लागी अनुमति नै नपाएको सडकमा चालक अनुमतिपत्र नभएका चालकले पुराना थोत्रा जिपहरु सञ्चालन गरेर एकलौटी गर्दै आएको स्थानीयको गुनासो छ ।
बाह्र जनासम्म अट्ने क्षमता भएका जिपमा २० भन्दा वढी यात्रु कोचेर जोखिमपूर्ण यात्रा गराउँदा दुर्घटनाको सम्भावना वढेको छ । २२ किलोमिटर सडकमा ३ सय ५० रुपैयाँ भाडा लिएर क्षमताभन्दा वढी यात्रु राखेर मनपरी गर्दै आएको यात्रुहरुले वताएका छन् । उक्त रुटमा चल्ने जिपका चालकहरुको लाइसेन्स अर्थात चालक अनुमतिपत्र कसैको पनि नभएको पाइएको छ ।
छेपारेदेखि सिमबजारसम्म प्रहरी चौकी नभएका कारण जीप चालकहरुले आफुखुशी गर्दा आफुहरुलाई समस्या भएको सर्वसाधरणको गुनासो छ । झण्डै १५ मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले कुनै पनि चासो नदेखाएको आठबिसकोट–५ का कालीबहादुर सार्कीले बताउनुभयो । यात्रुहरु कोचाकेच गरेर नराख्न अनुरोध गर्ने यात्रुलाई बीचबाटोमै अलपत्र पार्ने र दुव्र्यवहार गर्ने गरेको यात्रुहरुको भनाइ छ ।।
