दाङ, ७ भदौ । 
दाङ–सल्यान सडक खण्ड अन्र्तगत साततले भन्ने स्थानमा पहिरो जाँदा आवागमन रोकिएको छ । आज विहान उक्त स्थानमा खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध हुँदा ठुला गाडीहरु सन्चालनमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।ss

आज बिहान करिव ८ बजेतिर खसेको पहिरो हटाउने स्काभेटरले काम गरिरहेको प्रहरीले जानकारी दिएको छ । वाटो अवरुद्ध भएपछि दाङवाट सल्यान जाने र सल्यानवाट दाङतर्फ आउने गाडी विच वाटोमै रोकिएका छन ।।