काठमाण्डौ, ५६ भदौ ।
सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानालाई बढाउने गृहकार्य गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो । अहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारीधनिलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । यसमा परिमार्जन गर्दै अब न्युनतम ५ हजारदेखि ५० हजार बनाउने तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।
कुन कसुरका लागि कति नयाँ जरिवाना तोक्ने लिने भन्ने विषयमा औपचारिक निर्णय भने विभागले गरिसकेको छैन । तर, वृद्धिका लागि प्रस्ताव गरिने जरिवनाको लागि पूर्वतयारी भने गरिसकेको छ । केही समयअघि जरिवाना रकम बढाएपछि सवारी नियम पालनाको क्रम बढेको पाइएको सरकारको दाबी छ ।
जेलदेखि लाइसेन्स निलम्बनसम्म !
यसैगरी केही ठूला र महत्वपूर्ण सवारी नियमहरु उल्लंघन गर्ने्विरुद्ध जेल सजायसम्म तोक्ने गरी ऐनको मस्यौदा तयार हुँदैछ ।त्यस्ता चालकको लाइसेन्स ६ महिनासम्मका लागि निलम्बन गर्ने व्यवस्था पनि गर्न संशोधनमा प्रस्ताव गरिने भएको छ । १६ वर्ष उमेरमा नै लाइसेन्स दिँदा दुर्घटना बढेको निश्कर्ष निकाल्दै अब ४ पाङ्ग्रे सवारीको लाइसेन्स लिन २१ वर्ष पुगेको हुनुपर्ने प्रस्ताव गर्न लागिएको छ ।
ज्यान लिने चालकको लाइसेन्स खारेज
विभागले अब नयाँ प्रस्तावमा ज्यान लिने सवारीका चाकलको लाइसेन्स खारेज गर्न पनि प्रस्ताव गरेको छ । एउटै चालकले पटक(पटक सवारी दुर्घटनामा यात्रुको ज्यान लिने क्रम बढेको भन्दै हेलचक्र्याँइ गर्ने चालकको लाइसेन्स तुरुन्त खारेज गर्न अब ऐनमै व्यवस्था हुनेछ ।
१६ वर्ष उमेरमा नै लाइसेन्स दिँदा दुर्घटना बढेको निश्कर्ष निकाल्दै अब ४ पाङ्ग्रे सवारीको लाइसेन्स लिन २१ वर्ष पुगेको हुनुपर्ने प्रस्ताव गर्न लागिएको छ । अहिले १६ वर्ष पुगेकाले पनि साना सवारीको लाइसेन्स निकाल्न सक्छन् ।
अब ठूला सवारी लाइसेन्स लिन २५ वर्ष न्यनतम् उमेरहद तोक्न लागिएको छ । अब सवारी लाइसेन्स लिनका लागि अनिवार्य कक्षा १० पास गरेको हुनैपर्ने व्यवस्था पनि थप गर्न लागिएको छ ।।