भदौ ६, सल्यान ।
सल्यानमा भूतपुर्व सैनिकहरुलाई पनि संगठित गरिएको छ । नेपाली सेनाको विभिन्न पदमा रहि राष्ट्रलाई सेवा गरेका भूतपूर्व सैनिकहरुको पहलमा गठन गरिएको संघमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
खड्क बहादुर पुन सभापती भएको संघको उपसभापतीमा खिम बहादुर रावत, सचिवमा अर्जुन कुमार शाह, सहसचिवमा तुलसा देवी खत्री र कोषाध्यक्षमा श्याम भण्डारी रहेका छन ।
भु।पु। सैनिक जय बहादुर पुनको अध्यक्षता र नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य कृष्ण बहादुर थापाको विशेष उपस्थितीमा भएको भेलामा जिल्लाका भूपु सैनिक र तिनका आश्रीत परिवारको सहभागिता रहेको थियो ।।
