दिपक शर्मा
बर्दिया, ६ भदौ ।
बर्दियामा क्रियाशिल पत्रकार महिला सर्वसम्मतीमा चयन गरिएको छ ।कुसुम बि.क अध्यक्षमा ९ जनाको कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको हो । जसमा उपाध्यक्ष सरस्वती लामिछाने, सचिवमा निर्मला एस.के, कोषाध्यक्षमा तप्सी चौधरी चयन हुनुभएको छ । यसैगरी चम्पा चौधरी, विष्णु आचार्य, सुमन चौधरी, प्रेमिया रावल, सुमन थारु चयन हुनुभएको छ ।111यसैबिच पत्रकारलाई समाचारको क्रममा आइपर्ने समस्यालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अपनाइने प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनु भएको छ ।

अहिले सन्चारको युग भएको बताउदै उहाले हरेक नागरिक नागरिकले माग गरे अनुसार नै सुचना प्राप्त गर्न सकिने बताउनु भयो । क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाले आज सदरमुकाम गुलरियामा आयोजना गरिएको १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।।