दाङ, ६ भदौ ।
पुरानो रिसीविका कारण दाङमा एक युवकले २ जनाको गोली हानी हत्या गरेका छन । देउखुरी गढुवा ५ खबरी नाकाका ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागी गम्भिर घाइते भएका कालु रोकाको उपचारका लागि कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको हो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा मृत्यु भएको हो ।bhandan

आइतवार राति खबरी नाकामा लागेको तीजको मेला हेर्न गएका ति दुई जनालाई पुनले पुरानो रिसिविका कारण गोलि हानेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पुन र रोका द्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताइएको छ ।

मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ । गोलि हानी फरार रहेका कर्णबहादुर पुनको खोजीकार्य भइरहेको र सबै नाकामा कडाई गरिएको एसपी सिंहले वताउनुभयो ।।