दाङ, ६ भदौ
घोराही नगरपालिका ३ हरिद्घार निबासी स्बर्गीय दामोदर रिजालको १२ औ दिनको पुण्य तिथिमा एमाले घोराही नगरपालिका ३ कमिटीले श्रद्घाञ्जली सभा गरेको छ । नेकपा एमाले घोराही ३ वडा कमिटी अध्यक्ष मोहन चौधरीको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य हुमा डि.सी.को प्रमुख आतिथ्यतामा श्रद्घाञ्जली सभा भएको हो ।
श्रद्घाञ्जली सभामा बोल्ने बक्ताहरुले सरल मिजासका सामाजिक गतिबिधीमा सकृय स्व. रिजालको साधा जीबनको प्रसंसा गर्दै उहाका राम्रा व्यबहार सबैका लागि अनुकरणिय भएको बताएका थिए । श्रद्घाञ्जली सभामा बोल्ने बक्ताहरुले स्व रिजालको परिबार नै एमालेमा समर्पित भएको भन्दै सोकलाई सक्तीमा बदल्दै पीडामा रहेको रिजालका आश्रीत परिबारलाई पार्टीले संम्झनु पर्ने कुरामा जोड दिएका थिए ।।











