दाङ, ६ भदौ ।
गल्ला तथा किराना व्यवसायी समिति घोराही दाङले नागरीहरुलाई गुणस्तरीय सामाग्री उपलव्ध गराउन सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ । समितिले पे्रस विज्ञप्ती जारी गरी समितिले प्रकाशन गरेको मुल्यसुची अनिवार्य उपभोक्ताले देख्ने गरी टाँस्न, मानव स्वास्थ्यमा असर पर्ने अखाद्य वस्तु मिसावट नगर्न, सफा र गुणस्तरीय सामाग्री विक्रि वितरण गर्न व्यवसायीहरुलाई अपील गरेको हो ।112

समितिका अध्यक्ष उपेन्द्र खड्काको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वन्जाडेको प्रमुख आतिथ्यतामा बसेको वैठलले यस्तो निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै समितिले अनुगमनको क्रममा कुल्यसुची नेभेटिए, म्याद सकिएका सामाग्री विक्रि वितरण गरेको पाइएमा र त्यस्ता समाग्री भेटिएमा त्यसवाट भइपरी आउने कठिनाइको जवाफदेही स्वयम व्यवसायी नै हुने चेतावनी दिएको छ ।

यसैगरी बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघले अघि सारेको सफा सुन्दर हरित जिल्ला निर्माणका लागी सहभागी वनी सफा आनीवानीको विकास गर्न पनि अपील गरेको विज्ञप्तीमा उल्लेख छ ।।