विनोद डाँगी
रोल्पा, ६ भदौ ।
रोल्पामा जुगाँरलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै आन्दोलन सुरु भएको छ । जिल्लाको १० नं इलाका अन्तर्गत पर्ने जुगार, बुढागाउँ, गैरीगाउ, नुवागाउ करेटी र जेदवाङ गाविसहरुलाई जोडेर गाउँपालिका वनाउन प्रस्ताव गरिएको छ ।Map of Rolpa District 1.13

ती ६ वटा गाविसको केन्द्र गैरीगाउ क्षेत्रलाई गाउँपालिकाको प्रस्ताव गरेकोमा जुगार गाविसको गम्भीर ध्यानाकर्षण भएको जुगाँर गाविसको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आजवाट विभिन्न आन्दोलनको कार्यक्रम समेत सुरु गरेको जनाएको छ ।

संघर्ष समितिका संयोजक डिल बहादुर केसीका अनुसार जुगार गा.वि.स. र बुढागाउ गा.वि.सका सम्पुर्ण यातायात र वजार पुरै बन्द गरिएको छ । संघर्ष समितिले सम्पूर्ण इलाका स्तरिय कार्यालय तथा उच्च मा.वि. क्याम्पस पनि जुगाँरमै रहेको हुनाले संघर्ष समितिको माग अनुसार जुगार गा.वि.समा गाउपालिका हुन पर्ने बताएको छ ।

यसैगरि आज ६ गते यातायात र वजार वन्द साथै भोलि ७ गते सम्पूर्ण शैक्षिक संस्था बन्द रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । बन्दको कारणले जनजिवन प्रभावित बनेको त्यहाँवाट करण राणाले जानकारी दिनुभएको छ । बन्दको अवज्ञा गरेमा उत्पन्न परिस्थितिको जिम्मेवारी सम्वन्धित निकाय नै रहने संघर्ष समितिले चेतावनी दिएको छ ।।