subedhi bandhuकाठमाडौँ, ६ भदौे ।  सुवेदी कल्याण प्रतिष्ठान नेपालको भेलाले यही भदौ १८ र १९ गते सुवेदी वन्धुहरूको महासम्मेलन गर्ने निर्णय गरेको छ ।

सुवेदीहरूको वंशावली सङ्कलनका साथै सुवेदी परिवारसँग जोडिएका इतिहास, संस्कार एवं संस्कृतिको खोजी गरेर पुस्तौँसम्मका लागि जोगाउने उद्देश्यले यो प्रतिष्ठान स्थापना भएको हो ।

काठमाडौँमा आयोजना हुने महासम्मेलनमा संसारभरि छरिएर रहेका सुवेदी वन्धुको सहभागिता रहने र त्यस अवसरमा यसअघि प्रकाशन गरिएको सुवेदी वंशावली संशोधनका साथै परिमार्जनको तयारी गरिने जानकारी दिइएको छ ।

 महासम्मेलनका अवसरमा विभिन्न विधा एवं क्षेत्रमा रही समाज उत्थानमा महìवपूर्ण योगदान गर्नुभएका सुवेदी वंशका विशिष्ट व्यक्तित्वलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको छ ।