काठमाडौं–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरु पाँच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु धूवीकृत भएको घोषणा गरे । माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा मदनवादीका विष्णु ढुंगाना, इस्लामहवारी र सुदर्शनले हस्ताक्षर गरेको वक्तव्यमा त्यसको घोषणा भएको हो ।

biplab-hemant-oli-358x247परिबन्दले माओवादी क्रान्तिकारी अनेक ठाउमा छरिन पुगेको भन्दै वक्तव्यमा अब धुव्रीकृत भएर विद्रोह गर्ने प्रतिबद्धता उल्लेख छ । ‘क्रान्तिकारीको यो अन्तिम पुनएकीकरण र ध्रवीकरण होइन,’ वक्तव्यमा भनिएको छ, ‘संभव भएसम्म संस्थागत, संस्थगत नभए क्रान्तिकारी शक्ति आफ्नो आफ्नो ठाउँबाट एकीकृत र ध्रवीकृत हुन आवश्यक छ ।’
रातोपाटी बाट