काठमाडौँ, ६ भदौ । नेपाली काग्रेसले स्थानिय तहको संख्या एक हजार पु¥याउनु पर्ने सुझाब दिएको छ । नेपाली काँग्रेसका जिल्लासभापतिहरूको अन्तक्र्रियामा स्थानीय तहको सङ्ख्या ५६५ बाट बढाएर कम्तीमा एक हजारको हाराहारीमा हुनुपर्ने सुझाव आएको छ ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारणका विषयमा काँग्रेस केन्द्रीय कार्यसमितिले आइतबार राजधानीमा आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा स्थानीय तहको सङ्ख्या ठूलो मात्रामा घटाउन नहुने भन्दै करिब एक हजारको सङ्ख्या हुनुपर्ने सुझाव आएको हो ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तहको सङ्ख्या ५६५ हुने तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यसकै आधारमा प्रायः सबै जिल्लाको प्राविधिक समितिमा गहन छलफल चलिरहँदा काँग्रेसका जिल्ला सभापतिहरूले भने आयोगले दिएको ५६५ अपुग भएको भन्दै सङ्ख्या बढाउनुपर्ने सुझाव दिएका हुन् ।