काठमाडौँ, ६ भदौ। ब्यबस्थापिका संसदको बैठक सात दिनका लागि स्थगित भएको छ । सरकारले ‘बिजनेस’ दिन नसक्दा सभामुख ओनसरी घर्तीले संसद् संसद् कामविहीन भएको भन्दै बैठक एक हप्ता सम्मका लागि स्थगित गर्नुभएको हो ।
संविधान कार्यान्वयनका महत्वपूर्ण विधेयक सदनमा धमाधम छलफल हुनुपर्ने समयमा संसद् कामविहीन भएको हो । साउन १९ गते संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको थियो । झन्डै तीन सातासम्म पनि सरकारले पूर्णता नपाउँदा सदनको बिजनेसमा सरकारको चासो पुगेको छैन ।