tribhuwan univercityकाठमाडौँ, ६ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख / जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०७२ नियमित को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल , www.tu.ntc.net.np  मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।