देउखुरी, ४ भदौ ।
भालुवाङ प्रहरीले आउँदै गरेका चाडपर्वलाइ मध्यनजर गरेर सुरक्षा व्यवस्थामा कडाई गरेको छ । महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन करिब अव २ हप्ता वाँकी रहँदा प्रहरीले गाउँमा सुरक्षा सतर्कता वढाएको जनाएको छ । तीज पर्वलाई मर्या्दित, अनुशासित र भयरहित वातावरणमा बनाउन तथा कुनै अप्रिय तथा अपराधिक घटना हुन नदिन आफ्नो कार्य क्षेत्र भित्र तीज बिशेष सुरक्षा अभियान शुरु गरेको हो ।

police
कुनै घटना, दुर्घटना हुन नदिन आफ्नो क्षेत्र भित्र प्रहरी गस्ती बढाउनुका साथै सुरक्षा व्यवस्थामा समेत कडाई गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनुभयो । रातीमा गरिने नाचगानमा लडाई, झगडा तथा कुटपिट तथा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडाई बनाईएको प्रहरी प्रमुख केसीले बताए ।

प्रहरलिे तीज बिशेष सुरक्षा अभियान अन्र्तगत प्रत्येक दिन राती ९ बजे देखि १२ बजे सम्म मोटरसाइकलमा सादापोशाक तथा युनिफर्म सहितको प्रहरी टोलीले पूर्व पशिचम राजमार्ग तथा गा्रमिण ईलाका बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख केसीले बताए ।  भालुवाङ प्रहरीले दाङ्ग—कपिलबस्तु जिल्लाको सिमाना धानखोला देखि सिसहनियाँको सिंगई खोला सम्मको एरियामा प्रहरी गस्ती बढाउनुका साथै ठाउँ—ठाउँमा प्रहरी टोली समेत परिचालन गरेको छ ।।