दाङ, ४ भदौ ।
हिन्दु जागरण नेपाल दाङ क्षेत्र नम्बर १ ले धर्म परिवर्तनको विरुद्धमा हस्ताक्षर संकलन गर्ने भएको छ । क्षेत्रको आज अमेलियामा बसेको बैठकले धर्म परिवर्तन विरुद्धमा हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय अध्यक्ष कोमल उपाध्यायको अध्यक्षता एवं हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकले सतवरिया गाविसको वडा नम्बर ९ मा धर्म परिवर्तन विरुद्ध हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।
साथै हस्ताक्षर संकलन पछि वडालाई धर्मपरिवर्तनमुक्त वडा घोषणा गरिने क्षेत्रीय अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।।





