भदौं ४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा सम्पन्न भएको छ ।

बैठकले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ । राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पूनर्गठन गरेको हो । बैठकले नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ ।
शनिबार दिउँसो सम्पन्न बैठकले प्रदेश नम्वर १ को ईन्जार्जमा गोपाल किराँती र प्रदेश नम्वर ६ को ईन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ । अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।











