काठमाण्डौ, ४ भदौ ।
नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षका लागि १४ करोड २५ लाख रुपैयाँ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संचारमाध्यमहरुमा विज्ञापन तथा प्रमोसनका लागि खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्धा गर्ने भएको हो ।
त्यस्तै पर्यटन प्रवद्धनमा पर्यटनसम्वन्धि विश्वविख्यात अनलाईन ट्रिप एडभाइजरमार्फत दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ । चालू आवको एक अर्ब १२ करोड रुपैयाँको बजेटमा नौ करोड रुपैयाँ बीबीसीमा पर्यटन सम्वन्धि कार्यक्रमका लागि र उच्च प्रविधिको एचडी क्वालिटिको नेपालसम्वन्धि भिडियो बनाएर प्रशारण गरिने जनाइएको छ ।
त्यस्तै पाँच करोड रुपैयाँ क्षेत्रीय तथा छिमेकी देश भारत र चीनका टेलिभिजनमार्फत पर्यटन प्रवद्धनको विज्ञापन गर्ने जनाइएको छ। त्यस्तै २५ लाख रुपैयाँ देशका अनलाईन, टिभी, रेडियो, पत्रीका र स्मारिका लागायतमा खर्च गर्ने उल्लेख गरिएको छ ।।
