इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ ।
दाङको तुलसीपुरमा रहेको राप्ती बाल एकेडमीमा अध्ययनरत एक विद्यार्थीलाइ शिक्षकले दिएको यातनावारे अनुसन्धान गर्न विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले माग गरेको छ । कक्षा १० मा अध्ययनरत दिपक वस्नेतलाइ विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डाँगीले कुटपिट गर्दा उनको कानमा चोट परेको समाचार वाहिर आएको भन्दै सो संगठनले उक्त कुराको विरोध गरेको छ ।
शिक्षकको कुटाइवाट छात्र वस्नेतको कानको भित्री भागमा गम्भीर चोट चोट लागेर अहिले कोहलपुर मेडिकलकलेजमा उपचार भइरहेको समाचार मिडियामा आएपछि क्रान्तिकारीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोसीलाइ कडा कार्वाहीको माग गरेको छ ।
अन्यथा घटनालाइ सामान्यकरण गरेमा कडा रुपमा प्रस्तुत हुने सो संगठनका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीले वताउनुभयो । अध्यक्ष जिसी र सचिव मदन केसीले एक विज्ञप्ती जारी गरी यस्तो माग गर्नुभएको हो ।।