गोविन्द खड्का
घोराही, ४ भदौ
एक हुल गाई पसे मकै बाली स्वाहा पारे । खन्न गोड्न हुर्काउन लागेको मेहनत खेर गयो । मकै जति गाईका भुडि भित्र पस्यो । मकै मालिकले कति पिडा महशुस गरे होलान् एउटा पनि सिंगो नभेट्दा । यो घोराही बजार भित्रको समस्या हो । कुनै पनि वाली विरुवा हुर्काउन नसकिने गरी छाडा गाई गोरु बृद्धि भएका छन् । तिनले बजारका सबै जसो क्षेत्रमा अधिकार जमाएका छन् । कतै माया पाएका छन् कतै क्षति प¥ुयाएका छन् । यसरी मकै खेति नष्ट पारेको प्रतिनिधि मुलक घटना मात्रै हो । फेन्सी व्यवसायी समितिको बिशेष भेलालले एक पसल एक गमला बनाउने निर्णय गरेको छ । समितिका अध्यक्ष एक राज खनालको अध्यक्षतामा भएको भेलामा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले अन्न वाली र जडिबुटि खेति पनि गर्न सकिने सुझाव दिए । फोहर फाल्ने क्षेत्र, झाडि उम्रिएका ठाउ“, घर नबनेका घडेरीहरु बजार भित्र प्रशस्तै छन् ।11

त्यस बाहेक छदमा पनि तरकारी फलाउन सकिन्छ । घोराही नगरपालिकाका सुचना अधिकारी प्रेम केसि, उवासका अध्यक्ष बञ्जाडे, लगाएतले खेतिको अभ्यास गरेका छन् । तर सबैको घरका छदमा खेति गर्न सम्भव छैन । गरीव एवं सामान्य दश हाते घडेरीका घरमा ठाउ हुन्न । तिनले घर अगाडिको खाली क्षेत्रमा खेति गर्न सक्छन् । जनचेतना टोलमा एक जनाको घुईया खेति छ । यसरी अरुले पनि खेति गर्न चाहन्छन् । गाई बाख्राले खाने चिज लाउनै मिल्दैन ।
कहिल्यै पेटोल पम्प नजिकमा भकारो बनाएका हुन्छन् । कहिले घर नबनेका घडेरीमा हुन्छन् । अझ चोक तथा कालोपत्रे सडकमा लम्पसार सुत्छन् । टाफिकलाई पनि समस्या पारेका छन् । यातायातका साधन दुर्घटनाको जोखिम बढाएका छन् । तिनको स्याहार सम्हार बजारमा गरीने फलफुल तरकारी पसलहरु हुन् । होटलमा फालिएका दानाहरु छन् । मकै पोलनेका पोखहरु हुन्छन् ।

घोराही नगरपालिकाले छाडा पसु चौपाय ट्रकमा हालेर जंगलमा छोड्दै आएको छ । तर ति गाईहरु पनि फर्केर बजारै पुग्छन् । ‘नगरपालिकाले रिहार लगि छोडेको गाई टपक्कै घरै आयाथ्यो’ रझेनाका मिनराज गौतमले भन्नुभयो, ‘त्यसले दुध दिएको मलाई थाह छ । नाम नभनौ ।’ त्यसो त गाईहरुलाई जंगल छोडेर समाधान हुन्न । गाईको व्यवस्थापन नगरेर पनि सुख छैन ।।