इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ ।
दाङ लक्ष्मीपुरका स्थानीयले घोराही सिमेन्ट उद्योगको क्षमता वद्धि नगर्न माग गरेका छन । गाविसका वडा नं ७ र ८ का स्थानीयले एक विज्ञप्ती जारी गरी घोराही सिमेन्टलाई उत्पादन क्षमता वृद्धि नगर्न माग गरेका हुन । सामुहिक रुपमा हस्ताक्षर संकलन गरी उनीहरुले उद्योगको धुलो, धुवाँ, ध्वनी प्रदुषणले आफुहरुको उठिवास हुने अवस्था आएको भन्दै स्थानीय ६८ जनाले उद्योगसंग यस्तो माग गरेका हुन ।Ghorahi-ciment_dang-1024x576उद्योगले धुलो नियन्त्रणको प्रयास नगर्दा उदोग आसपासका गाउँ प्रभावित भएको भन्दै उनीहरुले धुलोको मात्रा अझ वढे चुप लागेर नवस्ने चेतावनी दिएका छन ।फ्याक्ट्री पीडित संघर्ष समितिका स.योजक लक्ष्मण भण्डारीले पहिले उत्पादन दैनिक १२ सय मेट्रिक न रहेकोमा अहिले उद्योगले दैनिक २ हजार मेट्रिक टन वनाएको भन्दै यो तत्काल रोक्न माग गर्नुभयो ।।