तुलसीपुर, ४ भदौ
दाङका घोराही र तुलसीपुर वजारमा शनिवार पनि पसल खुला भएका छन । आउँदै गरेका विभिन्न चाड पर्वहरुलाई मध्यनजर गर्दै दाङ जिल्ला उद्योग वणिज्य संघ र तुलसीपुर उद्योग वाणिज्य संघले प्रत्येक शनिवार बजार तथा कलकारखानाहरु खोल्ने निर्णय गरिसकेका छन ।11

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले केहि दिन पहिले नै घोराहीका वजारहरु खोल्ने निर्णय भएको र सोह िनिर्णय अनुसार हिजो वजारमा यसवारे माइकिङ गरेर जानकारी गराइएको जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उद्योग वणिज्य संघले तिज, दशै, तिहारलाई मध्यनजर गर्दै उपभोक्ताहरुलाई सहज किनमेलका लागि शनिबार पनि पसलहरु खोल्ने वताएको छ ।।