रेखा मगर
दाङ, ४ भदौ ।
दाङमा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन । हाँसीपुर गाविस वडा नं २ आँख्लेका २८ वर्षका हस्मिन मियाँले आफ्नै बुवा ५५ वर्षका अमित मियाँको हत्या गरेका हुन । घरमा वावुछोरा मात्रै वस्दै आएका उनीहरुवीच घरायसी कुरामा विवाद हुँदा छोराले बुवालाइ कुटपिट गरेका थिए ।Hatya-660x330

छोराको कुटपिटवाट बावु अमितको घरमै ज्यान गएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । हत्यामा संलग्न हस्मिन फरार रहेकाले उनको खोजीकार्य भइरहेको डिएसपी शर्माले वताउनुभयो । साथै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।।