नेपालगन्जको बसपार्कबाट आज अवैध कपडा प्रहरीले बरामद गरिएको छ । लुकाई छिपाई लगिरहेको १ सय ४० थान तना प्रहरीले बरामद गरिएको हो । करिव १२ बजेको समयमा अस्थाई प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुरेन्द्र पुनको नेतृत्वमा रहेको प्रहरी टोलीले उक्त अवैध कपडा बरामद गरेको हो ।
मुल्य खुल्न नसकेको उक्त कपडाको विल भरपाई नक्कली बनाई विक्रीवितरणका लागि वाहिरि शहरहरुमा पठाईन लागेको अवस्था फेला परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको कपडा भन्सार कार्यालय नेपालगन्जमा बुझाईएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएको कपडा छुटाउन विभिन्न राजनीतिक दलका नेताहरु बसपार्क प्रहरी पोष्टमा पुगेका थिए।
