कुसुम बि क
नेपाल पत्रकार महासंघले बाँकेका ४ जना जेष्ठ पत्रकारलाइ आज सम्मान गरेको छ ।  नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा केन्द्रले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमम अन्तरगत राजधानी भन्दा बाहिर बाँकेमा पहिलो पटक पत्रकारीतामा ३० वर्ष काम गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारहरुलाइ मासिक रुपमा एक हजारका दरले प्रत्येक वर्ष वार्षिक १२ हजार रुपैँया दिने गरी सम्मान गरेको हो । सम्मानित हुने जेष्ट पत्रकारहरुमा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता , गणेश जि सी , दिपक पाण्डे , राम गोपाल वैश्य र बासुदेव श्रेष्ठ रहनुभएको छ ।
FNJ-logo-300x246
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट , केन्द्रिय कोषाध्यक्ष सुर्यमणि गौतम , केन्द्रिय लेखाशाखाका दिपक पाण्डे , महासंघका केन्द्रिय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैरे लगायतले उहाँहरुलाई दोसल्ला , ढाका टोपी र नगद सहित सम्मान गर्नुभएको हो । लामो समय पत्रकारीतामा रहनुभएका जेष्ठ पत्रकारहरुलाइ सम्मान स्वरुप र सामाजिक सुरक्षाका लागि राजधानीमा १७ जना पत्रकारलाई सम्मान गरेपश्चात बाँकेमा आज चार जना पत्रकारहरुलाई जेष्ठ पत्रकारलाइ सम्मान गरिएको हो । यसरी सम्मानित हुन पाउनु खुसीको कुरा भएको सम्मानित जेष्ट पत्रकारहरुले बताउनुभएको थियो ।

उहाँहरुको सम्मानमा पत्रकार महासंघले यो कार्यको सुरुवात गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणि गौतमले बताउनुभयो । जेष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले यो सानो सुरुवात भएकाले आगामी दिनमा यसको रकम बाउन सकिने बताउनुभयोे । एक फरक प्रसंगमा अध्यक्ष विष्टले नेपाल सरकारले साउन देखि लागु हुने गरी न्यूनतम पारिश्रमीक गर्ने कुरा उल्लेख गरेकाले त्यसको पूर्ण कार्यान्वयन गर्नका लागि पत्रकार महासंघ लाग्नुपर्ने बताउनुभयो । त्यसका सबैले चौतर्फि दबाब सृजना गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभएको छ ।

पछिल्लो समय पत्रकारको परीक्षा लिने भन्ने विषयमा महासंघका अध्यक्ष डा विष्टले पत्रकारीतामा , मापदण्डमा र प्रक्रियामा समस्या रहेको भन्दै त्यसको उपचार गर्नुपर्ने तर समस्या एका तिर उपचार अर्का तिरको कुरा परिक्षा आएको बताउनुभयो । पत्रकारको परिक्षा ऊ कार्यरत संस्थाले नै लिने भएकाले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिने भन्ने कुरा घुमाउरो तरीकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी अंकुल लगाउने कार्य भएको हुँदा त्यो कार्य मिडिया हाउसले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रिय लेखाशाखाका दिपक पाण्डे , नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम , पूर्व केन्दिय उपाध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोल्नुभएको थियो ।

यसैबिच नेपाल पत्रकार महासंघले भूकम्पबाट ज्यान गुमाउनुभएका सञ्चार उद्यमी अच्यूत सुवेदीकी धर्मपत्नी मालती शर्मालाई ५० हजारको चेक हस्तान्तरण गरिएको छ । पत्रकार महासंले हस्तान्तरण गरेको ५० हजार रुपैयाँको चेक श्रीमती मालती शर्माले स्वगीय अच्यूतराज सुवेदीको नाममा रहेको कोषका सचिव झलक गैरेलाइ हस्तान्तरण गर्नुभएको थियो । विपत विरुद्ध साहसीक पत्रकारीता पुरस्कार स्थापना गरेकाले उक्त रकम सो कोषमा जम्मा हुने कोषका सचिव गैरे जानकारी दिनुभयो ।