३ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसम्म पार्टीको महाधिवेशन नगर्ने भएको छ । महाधिवेशनको विकल्पमा उसले राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल सुरु गरेको छ । माओवादीले १० पार्टीसँग एकता गरेपछि महाधिवेशन आयोजक समिति बनाएको छ । सोही अनुसार पुसमा २३ देखि २७ सम्म महाधिवेशन गर्ने मितिसमेत तोकेको थियो ।Maoist-flag

तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि महाधिवेशनको मिति सर्ने पक्का भएको छ । माओवादी एक नेताका अनुसार अब प्रचण्डले सरकारको नेतृत्व गर्दासम्म महाधिवेशन गर्ने सम्भावना छैन । महाधिवेशन आयोजक समितिको बैठक भदौ ११ मा बोलाइएको छ ।

यसबारे केन्द्रीय कार्यालयको शुक्रबारको बैठकमा छलफल हुनेछ । महाधिवेशन तत्काल गर्न नसकिने र आयोजक समिति जम्बो बन्दै गएपछि विकल्पबारे बहस सुरु भएको छ । माओवादीको महाधिवेशन आयोजक समिति झण्डै २५ सय सदस्यीय भइसकेको छ ।।