कुसुम बि क
बाँके, ३ भदौ ।
दुइ थान चितुवाको छाला र २ थान दात सहित इलाका प्रहरी कार्यालय कोहलपुरले दुइ जना व्यक्तिलाइ प्रकाउ गरेको छ । चितुवाको छाला र दात सहित प्रक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडी स्थित पशुपती थारुको घरमा डेरा गरी बस्न ६० बर्षीय कुवेर जंग शाह र कोहलपुर ११ सैनिक नगर बस्ने ५८ बर्षिया सहविर खत्री रहेका छन् ।index

विशेष अनुसन्धान क्षेत्रिय व्यूरो र इलाका प्रहरी कार्यलयको संयूक्त टोलीले उनीहरुलाई प्रक्राउ गरेको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले बताउनुभयो । बाइट ः छालाको लम्बाइ २ सय १७ सेन्टीमिटर रहेको छ भने ६० सेन्टीमिटर चौडाइ रहेको छ ।

सहविर खत्रीले अन्तबाट खरीद गरी ल्याइ कुवेर जंग शाहलाइ जिम्मा लगाएको अवस्थामा प्रहरीको विशेष गोप्य सूचनाको आधारमा प्रकाउ गरेको प्रहरीले जनाएको छ । प्रक्राउ गरिएको चितुवाको छाला र बंगारा बँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको डिएसपी काफ्लेले जानकारी दिनुभयो ।।