जीवन डाँगी
रोल्पा, ३ भदौ । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । नेपालमा पनि स्याउ खेती हुने जिल्लामा जुम्ला र त्यसपछि अन्य ठाउँहरुको नाउ सुनिन्छ ।
रोल्पाको जिनावाङका ६ वटा वडामा रेड गोल्टिन, रोयल लगाएत जातका स्याउ किसानको बारीभरी फलेका छन् तर कसैको ध्यान यता पुगेको छैन । यस क्षेत्रमा स्याउ टिप्ने सिजन साउनदेखि सुरु हुने किसान भीमबहादुर केसीले बताउनु भयो ।Apple
यो समय जिनावाङ्मा जाँदा किसानहरु स्याउ बारीमा काममा व्यस्त भएको देखिन्छन् । यो वर्ष कसले कति आम्दानी गर्ने भन्ने विषयमा पनि किसानहरुबीच प्रतिस्पर्धा चलिरहेको छ ।सबैभन्दा बढी उत्पादन हुने जिनावाङ्का वडा नम्बर ४, ५ र ९ का हजारौं स्याउका बोटमा स्याउ लटरम्म फलेको छ, यतिबेला ।स्याउ खेतीका लागि आफूहरुले जतिसुकै मेहनत गरे पनि सरकारबाट केही सहयोग पाउन नसकेको किसानहरुको गुनासो छ । यो वर्ष असिनाले फलमा दाग लागेको र त्यसको उपचार समयमा हुन नसक्दा धेरै स्याउ बिग्रने चिन्ता आफूलाई लागेको किसान रामबहादुर केसीले बताउनुभयो ।apple-003
तुलसीपुरबाट जिनाबाङको लागि छोटो दुरिको बाटोका लागि ट्रयाक खुलेको छ, यो जम्मा ७५ किलोमिटर मात्र छ । यो सडक स्याउ आपूर्तिका लागि सुरु गरिएको भए पनि वर्सेनी करोडौं बजेट परे पनि बजेट अनुसार काम हुन नसक्दा किसानले यसबाट फाइदा लिन नसकेका स्थानीय कुलबहादुर केसीले बताउनुभयो । असिनाले फलमा दाग लागेकै बेला औषधिको प्रयोग गर्न पाए दाग मेटाउन सकिने विश्वास केसीको छ । स्याउ टिपेर व्यवस्थित रुपमा भण्डारण गर्ने ठाउँ नहुँदा पनि स्याउ खेतीबाट आफूहरुले भनेजस्तो फाइदा लिन नसकेको किसानहरुको गुनासो छ ।

वर्षभरी आफ्नो सन्तानलाई जस्तै स्याहार गरेर फलाएको स्याउ बिक्रि गर्ने बेलामा ठेकेदार आएर आफैं मूल्य तोकेर लैजाने गरेका कारण किसानहरु मर्कामा परेका छन् । स्याउ भण्डारणको लागि व्यवस्थित ठाउँ नभएका कारण सस्तो भाउमा स्याउ ठेकेदारलाई बुझाउनुपर्ने बाध्यता किसानहरुको छ । रोल्पाको जिनाबाङको स्याउ बिक्री गर्न लैजाने प्रमुख सहर दाङको तुलसीपुर हो । लामो बाटोका कारण बजारसम्म पुर्याउँदा आधा स्याउ बाटोमै बिग्रिने किसानको भनाइ छ ।तुलसीपुरबाट जिनाबाङको लागि छोटो दुरिको बाटोका लागि ट्रयाक खुलेको छ, यो जम्मा ७५ किलोमिटर मात्र छ ।