रोल्पा, ३ भदौ ।
रोजगारीका लागी साउदी पुगेका रोल्पाका एक युवा ९ वर्ष देखि जेल जीवन विताइरहनुभएको छ । साउदी स्थित एक ग्यारेज कम्पनीमा कार्यरत भारतिय नागरिकको हत्या गरेको अरोपमा रोल्पा थवाङ ४ का पन्चबहादुर रोका मगरलाइ ९ वर्षदेखी कारागारमा राखिएको छ ।साउदी अरवमा भेडा चढाउने काम गरिरहेका रोकालाई भारतिय नागरिकको हत्या गरेको आरोपमा ९ वर्ष पहिले जेल हालिएको थियो ।
ग्यारेजमा काम गर्नेहरुमा तीन जना भारतिय नागरिकहरु पनि थिए ।रोकाको काम गर्ने शिलशिलामै ति भारतिय नागरिकको विवाद भएकोे वताईएको छ ।९ वर्षको जेल जीवन विताई सकेका रोकाको मुद्धालाई साउदीको अदालतले अझै पनि फैसला गरेको छैन् । मृतक भारतिय नागरिकका आफन्तहरु साउदी अदालतको सम्पर्कमा आउन नसकेका कारण मुद्धा फैसला गर्न ढिलाई भएको अदालतले जनाएको छ । भारतिय दुतावासद्धारा मुद्धा उल्टाईएको छ ।
रोकाको सजाय कति सम्मको हुने भन्ने विषयमा जेल बसेको ९ वर्ष विति सक्दा पनि टुङगो नलागेपछि समस्या भएको छ । घरमा श्रीमति, एक छोरा र एक छोरी भएका रोकाको परिवारले उद्धारका लागी सहयोग मागेका छन । रोका काठमाण्डौंमा रहेको सन मेनपावर कम्पनी मार्फत साउदी पुगेका हुन । भेडा चराउने भिस्सामा साउदी पुगेका रोकालाई ग्यारेजमा काम गर्न लगाईएको थियो ।।











