काठमाण्डौ, ३ भदौ ।
भारतको बिहारमा विषाक्त रक्सी पिउँदा ज्यान गुमाउने संख्या १८ पुगेको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त रक्सी पिउँदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्सी पिएपछि बिरामी भएका केहीको अस्पतालमा उपचार भइरहेको छ ।rrrrksi

उनीहरुमा श्वासप्रश्वास, पेट देख्ने, बान्ता हुने जस्ता समस्या देखिएको छ । विषाक्त रक्सीका कारण १८ जनाको ज्यान गएपछि त्यहाँको एउटा प्रहरी चौकीका सबै प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रशासनले २५ जना प्रहरीलाई निलम्बन गरेको हो । निलम्बनमा परेकामध्ये १४ जना विरुद्ध अवैध रक्सीको कारोबारमा संलग्न रहेको आरोपमा मुद्दासमेत दायर गरिएको छ ।।