दाङ, ३ भदौ । आज राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा र दाङमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आज बिहान घोराही नगरपालिकाको सभाकक्षमा सूचनाको हक र यसको प्रयोगको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, सञ्चार क्षेत्र तथा अन्य सरोकारवाला समेतको उपस्थितीमा अन्तक्र्रिया कार्यक्रम गरिएको नेपाल पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिनभएको छ । घोराही नगरपालिकाको हलमा भएको कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समित र नेपाल पत्रकार महाँसंघले गरेका थिए ।
यसैवीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रवाहकै माध्यमद्वारा जनतामा सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना दिवसको यो अवसरमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सबै निकायले सूचनाको हक सम्बन्धी कानूनले निर्दिष्ट गरेको दायित्वलाई पालना गर्न सबैको ध्यान जानुपर्ने उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा सूचनामा नागरिकको सहज पहुँच पु¥याउन, नागरिकको सूचनाको हकको सम्मान गर्न, कानूनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्नेगरी सार्वजनिक निकायले काम गरे दिवस मनाएको सार्थकता हुने उल्लेख छ । सूचनाको हक सम्बन्धी कानून लागू भएको नौ वर्ष पूरा भई दश वर्षमा प्रवेश गरेको छ ।।