काठमाण्डौ, ३ भदौ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता वढि हुने गर्दछ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाउने गरिन्छ ।यसैवीच गाइजात्राको अवसरमा काठमाण्डौमा कलाकारहरुले सांस्कृतिक प्रस्तुती देखाउने कार्यक्रम छ ।
हाँस्य कलाकार कमल गाउँलेले आज काठमण्डौमा कलाकारहरुले नेपालको राजनितिक घटनाक्रमलाइ व्यग्यात्मक रुपले प्रस्तुत गर्ने जानकारी दिनुभयो । गाईजात्रा काठमाडौँ उपत्यकालगायत देशका अन्य शहरहरुमा मनाउने चलन छ ।।











