इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । दाङको दक्षिणी क्षेत्रका विभिन्न गाउँमा बाख्रामा अज्ञात रोगको महामारी फैलिएको छ । महामारीका कारण एक सातामा किसानहरुको ३० भन्दा बढी बाख्रा मरेका छन । अज्ञात रोगका कारण फुलवारी, गोल्टाकुरीका विभिन्न वडामा गरी ३० भन्दा वढि बाख्रा मरेका हुन भने दिनदिनै बाख्रा विरामी पर्ने गरेका छन ।महामारीका कारण फुलवारी गाविसमा मात्रै ३६ भन्दा वढि वाख्रा मरेका छन भने गाल्टाकुरीमा ९ भन्दा वढिा बाख्रा मरिसकेको गोल्टाकुरीका पशु प्राविधिक खड्काबहादुर केसीले जानकारी दिनुभयो । फुलवारी गाविसमा मात्रै एक हप्ताका अवधिमा ५० भन्दा वढि बाख्रा विरामी परेका छन ।बाख्रामा कालो दिसा गर्न, ¥याल छोड्ने, आँखा सुन्निने लक्षण देखिने र त्यसपछि कराएर मर्ने गरेका फूलबारी ६ का स्थानीय देववहादुर ओलीले जानकारी दिनुभयो । रोगका कारण फुलवारीका दर्जन बढि किसान र गोल्टाकुरीमा पनि आधा दर्जन वढि किसानको बाख्रा मरिसकेका छन ।
बाख्रामा देखिएको महामारी हुनुको कारण जंगलमा रहेको विषालु घाँस, खोर सरसफाइमा कमी र वाख्राहरु रुझ्ने गर्दा भएको हुन सक्ने पशु प्राविधिक खड्काबहादुर केसीको भनाइ छ । केहि महिना पहिले दाङका पहाडी गाविस काभे्र र लोहारपानीमा पनि महामारीको रुपमा फैलिएको पिपिआर रोगका कारण ७ सय बाख्रा मरेका थिए । जसका कारण किसानहरुले लाखौं रुपैयाँको क्षति वेहोरेका छन ।।