तुलसीपुर ३ भदौ । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११औं अधिवेशवनबाट दाङका पा“चजना निर्बाचित भएका छन् । बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार दाङका पवन यादव मधेसी खुल्ला समावेशीतर्फ केन्द्रीय उपाध्यक्षमा निर्बाचित भएका हुन् । उनी नेविसंघको पूर्व दाङ जिल्ला सचिव हुन । यादव २०६४ सालमा जिल्ला सचिव थिए ।
यादव महेन्द्र बहुमुखी क्याम्पस दाङको ६०६२ मा स्वीयू सदस्य थिए भने २०६५ सालमा स्वीयू सभापतिमा पराजित भएका थिए । यसैबीच दाङले २० वर्ष पछि निर्वाचित केन्द्रीय उपाध्यक्ष पाएको छ । २० वर्ष अघि दाङका प्रदिप खड्का उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सांसद राजुखनाल नेविसंघका मनोनित उपाध्यक्ष बनेका थिए ।
त्यस्तै दाङबाट केन्द्रीय सदस्यमा प्रदेश अन्तर्गत महिलाबाट अचर्ना रेग्मी, प्रदेश अन्तर्गत दलित खुल्लाबाट पवन नेपाली, संस्कृत विश्वविद्यालयको तर्फबाट बिजय गौतम र प्राविधिक तर्फबाट कुलराज खनाल केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् ।
रुकमका तीनजना निर्वाचित
राप्तीको रुकुम जिल्लाबाट पनि तीनजना निर्वाचित भएका छन् । खड्ग डा“गी उपाध्यक्षमा विजयी भएका छन् । रुकम हाल संघीय संरचना अन्तर्गत प्रदेश नं. ६ परेकोले डा“गीले उपाध्यक्षमा निर्वाचित डा“गीले उम्मेदवारी दिएका थिए भने केन्द्रीय सदस्यमा खुल्ला तर्फबाट तारक केसी निर्वाचित भएका छन् । रुकुम निवासी राजेश केसी प्राविधिक तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
