देउखुरी, ३ भदौ । लमहीमा निर्माणाधिन क्रिक्रेट मैदानमा भदौ ५ गतेदेखि ७ गते सम्म अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
देउखुरी क्रिकेट क्लवको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदानमा तीन दिवसिय अन्तराष्ट्रिय म्याच हुने भएको हो ।
नेपालको तर्फवाट दाङ देउखुरीको र भारतको तर्फवाट पटनाको क्रिकेट क्लवका विचमा त्यस्तो प्रतियोगिता हुने छ ।
दुई देशका विचको ईण्डोर म्याचमा अण्डर १९ मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । लमहीको निर्माणाधिन क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गरिने देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले जानकारी दिए । भदौ ५, ६ र ७ गते लगातार तीन दिनसम्म प्रतियोगिता चल्ने छ । लमहीमा क्रिक्रेट मैदानको पूर्वाधार हुँदापनि सरकारले ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने उदेश्यले अन्तराष्ट्रि प्रतियोगिता आयोजना गरिएको सरोकारवालाहरुले जानकारी दिएका छन् । दाङको लमहीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान छ भनेर अवगत गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
यसैविच उक्त प्रतियोगिताके लागि भारतको पटनवाट क्रिकेट खेलाडी किशोर कुमारको नेतृत्वमा १२ सदस्यीय टोली लमही आइपुगेको छ । टोलिलाई स्थानीय स्तरवाट स्वागत गरिएको छ । लमही नगर विकास समितिले आर्थिक वर्ष २०५८÷०५९ वाट क्रिकेट मैदानको निर्माण सुरु गरेको भएपनि त्यो अझैं पुरा हुन सकेको छैन । नयाँ आर्थिक वर्षको बजेट भाषणमा दाङको लमहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणगर्ने कुरा उल्लेख भएको थियो । लमही नगरविकास समितिले हालसम्म झण्डै एक करोड रुपैयाँ मैदान निर्माणमा खर्च गरिसकेको जानकारी दिएको छ । ८० मिटरको रेडिएसमा मैदान पाँच विगाह जमिनमा फैलिएको लमही नगर विकास समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले वताए ।
अहिले खेलाडीको सक्रियतामा मैदान प्रतियोगिता खेल्न लायक वनेको छ र त्यसैको शन्देस दिनका लागि प्रतियोगिता आयोजना गरिएको हो । नेपाल वाट अण्डर १९ को टुनामेन्टमा खेलिसकेका देउखुरीको वेला गाविसका राजविर सिंगको विशेष पहलमा लमहीमा भारतको पटना र देउखुरीको क्रिकेट टिम विच प्रतियोगीता हुन थालेको हो । बिवार लमहीको होटल टुडे प्लाजामा टुनामेन्टको वारेमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो जानकारी दिइएको हो ।
देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका ओमप्रकाश सुवेदी(सागर), सर्चफर कमन ग्राउण्डका कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, पत्रकार राधेश्याम गुप्ता, भारत पटनाका टिम क्याम्टेन किशोर कुमार लगाएतले टुनामेन्टका वारेमा धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले गरेका थिए ।