दाङको पुरन्धारामा मैत्रीपुर्ण खुल्ला बोकाकप फुटबल प्रतियोगीता आज बाट सुरु भएको छ । पुरन्धारा मगर एकता युवा क्लवको आयोजनामा मैत्रीपुर्ण खुल्ला फुटबल प्रतियोगीता सुरु भएको हो । क्लवका अध्यक्ष भुपबहादुर श्रीस मगरको अध्यक्षता तथा पुरन्धारा खेलकुद विकास समितिका अध्यक्ष बालकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन खेलमा बाघमारे फुटबल समुह विजयी भएको छ । बाघमारे फुटबल समुह र कर्मचारी समुह हापुरेबीच खेलमा ७—० गोल अन्तरले बाघमारे फुटबल समुह विजयी भएको हो ।
खेल सुरु भएको ९ मिनेटमा कविराज विकको सहयोगमा खाता खोलेको बाघमारे समुहले कर्मचारी समुहलाई निरही बनाएको थियो । पहिलो हाफको खेलको एघारौँ मिनेटमा निर्मल न्यौपानेले यस्तै कृष्णगोपाल चौधरीले १७ औँ, १९ औँ र २८ औँ मिनेटमा लगातार गोल गरेका थिए भने यस्तै शिव खत्रीले ३० औँ मिनेटमा र खेलको दोस्रो हाफको ५४ औँ मिनेटमा पार्वल केसीले गोल गरेर ७ गोल पु¥याएको थियो ।
यस्तै आजको दोस्रो खेलमा बबरपुर फुटबल र आयोजक पुरन्धारा मगर एकता युवा क्लव बि बीच भएको खेलमा टाईब्रेकरमा आयोजक मगर एकता युवा क्लव बीच ३—२ गोल अन्तरले विजयी भएको छ । खेलभरी १÷१ गोलमा सिमित भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । यस्तै आजको तेस्रो खेल आयोजक ए र सिर्जशील युवा क्लवबीच हुने आयोजकले जनाएको छ । प्रतियोगीता शनिबार समापन हुने बताइएको छ ।।











