अबैध रुपमा ढुङ्गाजन्य बस्तुहरु उठाएको भन्दै तुलसीपुर प्रहरीले साउन महिनामा मात्रै ५० वटा टेक्टरलाई नियन्त्रणमा लिएको छ । पातुखोला, भमकेखोला, ग्वारखोला लगाएतका स्थानबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा, ग्राबेल उठाएका टेक्टरलाई नियन्त्रणमा लिएर जिल्ला विकास समितिको कार्यालमा बुझाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले जानकरी दिनुभयो ।

unnamed

अबैधरुपमा ढुङ्गगा जन्य बस्तु ओसारपसारमा संलग्न टेक्टर कार्बाहीबाट २ लाख ५० हजार राजश्व असुली भएको प्रहरी नायब उपरिक्षक प्रसाईले बताउनु भयो । जसअन्र्गत कार्वाही स्वरुप २५ प्रतिशले हुन आउने कुल रकमबाट प्रहरीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । स्थानिय स्वायत्त साशान ऐन अन्र्गत जिविसले अबैध रुपमा ढुङ्गगाज्य बस्तु ओसारपसार गर्ने ट्याक्टरलाई पाँचहजार, ट्रिप्परलाई ७ हजार , डोजर(स्काभेटर) लाई २५ हजार जरिवान गर्ने व्यवस्था छ ।

यसै गरि पातुखोलामा अबैधम रुपमा गिट्टी र बालुवा उठाएको भन्दै आज दुइ वटा टेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाका अनुसार लु १ त ८९२३ र रा त १७२४ नम्वरका ट्रेक्टरहरु नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ट्रेक्टरहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला विकास समितिमा पठाउने जानकारी डिएसपी प्रसाँईले दिनु भएको छ ।।